दैलेखको परिणाम: ७ तहमा एमाले, ४ मा कांग्रेस विजयी

0

जेठ ४ दैलेख-दैलेखमा रहेका जम्मा ११ वटा स्थानीय तहको मतगणना सकिएको छ।
अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेले २ नगरपालिका सहित ७ स्थानमा जितेको छ भने नेपाली कांग्रेस ४ स्थानीय तहमा विजयी भएको छ।
दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकाको मेयरमा एमालेका रत्नबहादुर खड्का र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयरमा सूर्यबहादुर शाही निर्वाचित हुनुभएको छ।
एमालेको तर्फबाट प्रमुख जित्नेहरुमा आठबीस नगरपालिकाबाट खड्गराज उपाध्याय, भगवतीमाई गाउँपालिकाबाट दानबहादुर थापा र महाबु गाउँपालिकाबाट जंगबहादुर शाही रहनु भएको छ।
यस्तै भैरवी गाउँपालिकाबाट प्रेमबहादुर बुढा र ठाँटीकाँध गाउँपालिकाबाट धीरबहादुर शाहीले एमालेको तर्फबाट प्रमुखमा विजयी हुनुभएको छ।
कांग्रेसले १ नगरपालिका सहित ५ गाउँपालिकामा जितेको छ।
कांग्रेसको तर्फबाट दुल्लु नगरपालिको मेयरमा घनश्याम भण्डारीले जित्नुभएको छ।
कांग्रेसले जितेका गाउँपालिकाका अध्यक्षहरुमा डुङ्गेश्वर गाउँपालिकाबाट नगेन्द्रबहादुर मल्ल, नौमूले गाउँपालिकाबाट भविराम बुढा र गुराँस गाउँपालिकाबाट खेमराज ओली रहनु भएको छ।
९० वडामध्ये ५४ मा एमाले, ३३ मा कांग्रेस, २ वडामा नेमकिपा र १ वडामा राप्रपा विजयी भएका छन्।
माओवादी केन्द्रले भने कुनै पनि वडा जित्न सकेन।

Share.

About Author

Leave A Reply