दैलेखबाट सुर्खेत आउदै गरेको फोर्स गाडी वीरेन्द्रनगर कटकुवा नजिकै दुर्घटना ।

0

 

सुर्खेत  ,कार्तीक ६ । दैलेखबाट सुर्खेत आउदै गरेको  फोर्स गाडी सुर्खेतको वीरेन्द्रनगर १३ कटुका नजिकै दुर्घटना  भएको छ।बा ५ ख ६२०५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो।दुर्घटनमा परी ३२ जना भन्दा बढी घाईते भएका छ्न  भने एक जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।दुर्घटनमा १३ जना पुरुष १९ जना महिला रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका डिएसपी प्रताप बहादुर क्षेत्रीले जनाकरी दिनुभयो।उहाँले गाडी सडक बाट झन्डै ५० मिटर तल खसेको बताउनुभयो।घाईतेहरुको कर्णाली प्रदेश अस्पताल कालागाउमा र स्थानीय देउती अस्पतालमा उपचार भैरहेको उहाँले जानकारी दिनु भयो।

Share.

About Author

Leave A Reply