दैलेखमा पेट्रोलियम अन्वेषणको काम औपचारिक रुपमा सुरु।

0

असार-१७ सर्खेत।दैलेखको श्रीस्थान, पादुका र नाभिस्थानमा पेट्रोलियम अन्वेषणको काम औपचारिक रुपमा सुरु भएको छ।खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोलीले तीनवटा टोली बनाएर काम थाल्ने बताउनु भयो ।प्राविधिक टोली सहित दैलेख पुग्नुभएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्वेषण पछि उत्खनन् कहिलेदेखि गर्ने भन्ने टुङ्गो लाग्ने बताउनु भयो।

 

बिभागले दैलेखको श्रीस्थान, पादुका र नाभिस्थानबाट बगेको पेट्रोलिय पदार्थको नमुना संकलन गरि काठमाडौ लगेको   १५ वर्षभएपनि थप काम हुन सकेको थिएन।नेपाल-चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’कालागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच तीन वर्षमा काम सक्ने गरि सम्झौता भएको हो।यो तीन वर्षमा तोकिएको क्षेत्रहरुमा पेट्रोलियम खानीको अन्वेषण गरेर व्यवसायिक उत्पादनको सम्भाव्यता छ/छैन भन्ने टुंगो लगाउँने सरकारी दाबी छ ।

 

अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोर्ने भन्दै महानिर्देशक सापकोटाले खर्च कति लाग्छ भनेर अहिल्यै यकिन गर्न नसकिने बताउनु भयो।

यसअघि०७३ बैशाखमा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम खानीको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेपनि नेपालमा हालसम्म पेट्रोलियम खानीहरुको बिस्तृत सम्भाब्यता अध्ययन भएको छैन।

 

Share.

About Author

Leave A Reply