दैलेखमा मृत्यु भएका युवकमा काेराेना पुष्टि ।

0

सुर्खेत  जेठ १७, नेपालमा थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ को क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

मृतक १० दिन अघि भारतबाट फर्किएका दैलेख जिल्लाको दुल्लुस्थित विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका थिए ।

स्वास्थ्यमा समस्या देखिए लगत्तै मृत्यु भएका ३५ वर्षीय उनको १५ गते कोरोना परीक्षणको लागि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

आज आएको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु कोरोनाको कारण भएको पुष्टि भएको हो । यस अघि नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले उनको स्वाब पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताएको थियो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका हुन् ।

Share.

About Author

Leave A Reply