दैलेख क्वारेन्टाइनमा रहेका एक जनाकाे मृत्यु ।

0

जेठ १७, दैलेखको दुल्लु-७ मा रहेको क्वारेन्टाइनमा बसेका ३५ बर्षिय पुरुषको मृत्यु भएको छ ।
१० दिन अघि भारतवाट आउनुभएका उहाँको मृत्यूको कारण भने खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले पूर्ण विवरण आउँन बाँकी रहेको भन्दै स्वाब परिक्षणको रिपोर्ट पछि मात्रै मृत्यूको कारण खुल्ने बताउनु भएको छ।
उहाँको गत १५ गते कोरोना जाँचकालागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठार्इकइ भन्दै आज रिपोर्ट आउने बतार्इएको छ ।
दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले उहाँ विहान चिया र विस्कुट खाए लगत्तै ढलेको बताउनु भयो ।
यसैबिच दैलेखकै ठाँटीकाँध गाउँपालिका-२ जौंचरका २२ वर्षीया मीना बिकले आज क्वरेण्टार्इनमा एक शिशुलाई जन्म दिनुभएको छ ।
यसैबिच सुत्केरी मीना र नवजात शिशुको स्वास्थ्य रेखदेखकालागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
तीन वर्षअघि बिवाह गर्नुभएका उहाँले पहिलो सन्तान जन्माउनु भएको हो ।
नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य राम्रो रहेको र उहाँहरुको पीसीआर जाँच्न बाँकी रहेको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मीकुमारी रावत बुढाले जानकारी दिनुभयो ।
दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोरोना भार्इरस संक्रमण देखिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका डाक्टर मंगल रावलले जनकारी दिनुभयो ।
दैलेख नारायण नगरपालिका २,३,४,६,८,९ र १० वडाका १७ देखि ५० बर्ष उमेरका १४ जनामा कोरोना पोजेटिभ देखिएको हो।
डाक्टर रावलले पुनः प्रमाणीकरणकालागि बाहिर पठाउने नपर्ने पनि स्पष्ट गर्नुभएको छ।
सुर्खेतबाट पठाएका १ हजार ४० जनाको स्वाब परिक्षण गर्ने क्रममा १४ जनामा पोजेटिभ देखिएको र अरु धेरैको रिपोर्ट आँउन बाँकी रहेको उहाँको भनार्इ छ ।
योसंगै कर्णालीमा कोरोना भार्इरस संक्रमितको संख्या ६० पुगेको छ ।
१४ जना थपिएसंगै दैलेखका संक्रमितको संख्या ३० पुगेको छ भने सुर्खेतमा २८ जना, मुगुका १ जना, सुर्खेतमा परीक्षण गरिएका बझाङका १ जना गरि ६० पुगेको हो ।
सुर्खेतको प्रयोगशालामा नयाँ ल्याइएको आरएनए एक्प्रेसन किट र मेसिनको म्याचिङ नमिल्दा परिक्षण प्रभावित भएको छ।

Share.

About Author

Leave A Reply