दैलेख जिल्ला अस्पतालको इमर्जेन्सी वार्ड  एक हप्ताकालागि सिल।

0

जेठ १९, दैलेख जिल्ला अस्पतालको इमर्जेन्सी वार्ड  एक हप्ताकालागि सिल गरिएको छ ।

कोरोना पोजेटिभ भएका एक युवा झुक्याएर इमर्जेन्सी वार्डमा भर्ना भएपछि कोरोना नियन्त्रण तथा रोकथाम समितिको आकस्मिक बैठकले एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाको महावु गाउँपालिकाका  युवा भारतबाट नआएको झुटो रिपोर्ट दिँदै गत शनिबार  अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएको बतार्इएको छ  ।

उहाँको आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाले एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको जिल्ला कोरोना नियन्त्रण तथा रोकथाम समितिका संयोजक इन्द्रबहादुर क्षेत्रीले बताउनु भयो।

मधुमेहका बिरामी यी युवा दिनभर वार्डमा उपचारक लागि बसेको हुँदा अन्य बिरामी तथा स्वास्थ्यकर्मीलाई सङ्क्रमण नहोस् भनेर इमर्जेन्सी वार्ड बन्द गरिएको हो ।

सर्वसाधारणकालागि अन्य वार्ड मार्फत सेवा दिन वैकल्पिक व्यवस्था गरिएको छ ।

यी युवाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टिनमा राखिएको छ भने युवालाई थप उपचारकालागि सुर्खेत रिफर गरिएको छ

Share.

About Author

Leave A Reply