धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधि जुम्लाका धर्मकुमार बुढालार्इ

0

वैशाख–२कैलाली।अब धनगढी दौडिन्छ हाफ म्याराथनको उपाधि जुम्लाका धर्मकुमार बुढाले जित्नु भएको छ ।निर्धारित २१ दशमलव १ किलोमिटरको दूरी १ घण्टा ७ मिनेट ८ सेकेण्डमा पूरा गर्दै उहाँले नगद ५१ हजार रुपैयाँ पनि हात पार्नुभएको छ।नेपाली सेनाका हरि रिमालले १ घण्टा ८ मिनेट १ सेकेण्डको समय निकाल्दै दोस्रो र  नेपाली सेनाकै लालबहादुर थापाले १ घण्टा ८ मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभएको छ ।यसअघिको संस्करणका विजेता समेत रहनुभएका रिमाले  २५ हजार र थापाले १५ हजार रुपैयाँ पाउनु भएको छ।अघिल्ला संकरणमा विभागीय टोलीको बर्चस्व रहेपनि यसपाली  जुम्लाका धर्मकुमार बुढाले बर्चस्व तोड्न सफल हुनुभएको हो।उहाँ  हरि रोका फाउण्डेशनले सञ्चालन गरेको कर्णाली क्लबका म्याराथन धावक हुनुहु्न्छ ।

Share.

About Author

Leave A Reply