धनगढी प्रिमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सको लगातार दोस्रो जित : काठमान्डौ गोल्डेन्सले पहिलो जित दर्ता गर्यो ।

0

चैत–३०धनगढी।सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग डीपीएलमा काठमाडौं गोल्डेन्सले पहिलो जित दर्ता गरेको छ।काठमाडौंले विराटनगर किंग्सलाई ८६ रनले पराजित गर्दे दुर्इ अंक बटुलेको छ।१७४ रनको लक्ष्य पाएको विराटनगर किंग्सले १८ दशमलव ५ओभरमा आफ्नो सबै विकेट गुमाइ ८७ रनमा समित भयो।दीपेन्द्रसिंह ऐरीले ३१ र शरद भेषावकरले १३ रन बनाएपनि तीन जना बाहेक अन्यले दोहोरो अंकको रन बटुल्न नसक्दा बीराटनगर सस्तैमा समेटिन पुग्यो।काठमाडौं गोल्डेन्सका सन्तोष भट्टले ३ तथा बसन्त रेग्मी र भुवन कार्कीले २विकेट लिनुभयो।काठमाडौं गोल्डेन्सले सुमित महर्जनको अविजित ४४ तथा सोमपाल कामीको ३९ रनसंगै निर्धारित २० ओभरमा ५ विकेटको गुमाउँदै १ सय ७३ रन बनाएको हो।यस्तै रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित दर्ता गर्नेक्रममा सिवाइसी अत्तरियालाई ४२ रनले हराएको छ।एक सय ३० रनको लक्ष्य पछ्याएको रूपन्देहीले दुई बल बाँकी हुँदा सबै विकेट गुमाएर ८७ रन मात्रै बनाएको हो।कप्तान ज्ञानेन्द्र मल्ले ३० तथा विनोद लामाले १८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन।रुपन्देहीका शाहब आलमले चार तथा बिक्रम सोबले दुई विकेट लिनुभयो।यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २९ रन बनाएको हो।लगातार दुई खेल जितेको शक्ति गौचन कप्तान रहेको रुपन्देही चार अंकसहित शीर्ष स्थानमा छ भने दुई अंकसहित अत्तरिया तेस्रो स्थानमा छ।

Share.

About Author

Leave A Reply