धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर र बिराटनगर विजयी ।

0

चैत–२३धनगढि।सर्वाधिक पुरस्का राशीको धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सलार्इ सात विकेटले हराएको छ।महेन्द्रनगरले १४५ रनको लक्ष्य ७ बल बाँकी छदाँ ४ विकेट गुमाएर पुरा गर्यो। टोलीलार्इ जिताउन कप्तान बिनोद भन्डारीले ३८  बलमा दुर्इ छक्का र पाँच चौंका सहित ६१ रनको अर्धशतिक पारी खेल्नुभयो भने पुनित बिष्टले ४५ रन बनाउनु भयो ।पहिला ब्याटिङ गरेको रुपन्देहीले प्रदिप ऐरीको ३९ र  सागर पुनको २८ रनसंगै ८ विकेट गुमाएर १४४ रन बनाएको हो । जितसंगै महेन्द्रनगरले तीन खेलबाट ४ अंक जोडेको छ भने लगातार चार खेल हारेको हारेको रुपन्देही अंकबिहिन हुँदै पुछारमा छ ।यस्तै विराटनगर किंग्सले घरेलु टोली टिम चौराहा धनगढीलार्इ १८ रनले हराएको छ। १२८ रनको सामान्य लक्ष्य पाएको घरेलु टोली धनगढी २०ओभरमा ९ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो।टोलीकालागि शंकर रानाले २५ र असफाक अहमदले २२ र राजु रिजालले १८ रन बनाएपनि अरुले दोहोरो अंकमा रन जोड्न सकेनन।धनगढीलार्इ सस्तैमा समेट्ने क्रममा बिराटनगरका पवन सरार्फले चार विकेट लिनुभयो। टस हारेर  पहिला ब्याटिङ गरेको बिराटनगरले पवन सरार्फको ३४ बलमा ४१ रनसंगै एक बल बाँकी छँदा सबै बिकेट गुमाएर १२७  रन बनाएको हो ।विराटनगरलार्इ दबाबमा राख्दै धनगढीका सुनिल धमलालले चार ओभरमा मात्र १० रन दिएर चार विकेट लिनुभयो ।धनगढीले तीन खेलबाट दुर्इ जित र एक हार सहित ४ अंक जोडेको छ भने एक खेल कम खेलेको विराटनगरको दुर्इ अंक रहेको छ ।

Share.

About Author

Leave A Reply