धनगढी प्रिमियर लिग क्रिकेटको पुरस्कार राशी बढ्यो।

0

माघ-२४ सुर्खेत।यही २६ धनगढीमा सुरु हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको पुरस्कार राशी बढेको छ। आयोजक धनगढी क्रिकेट एकेडमील आज पत्रकार सम्मेलन गर्दै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता डीपीएलको पुरस्कार राशीमा २० प्रतिशतले बढाईएको जनाएको छ।डीपीएलको पुरस्कार राशीमा वृद्धि गरिएसँगै प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ। अघिल्लो संस्करणको विजेताले २५ लाख प्राप्त गरेको थियो। यस्तै उपविजेताले १२ लाख, तेस्रो  हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन।प्रतियोगिताको उत्कृष्ठ खेलाडी सुनको जुत्ता, प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार रुपैंयाँ,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ।धनगढीको फाप्ला क्रिकेट मैदानमा  प्रतियोगिता माघ २६ देखि फागुन ११ गतेसम्म चल्नेछ। आईसीसीबाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स,महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने छ।

 

Share.

About Author

Leave A Reply