धनगढी प्रिमियर लिग क्रिकेटमा बिराटनगर किंग्सको विजयी सुरूवात ।

0

चैत–२९ धनगढी। सर्वाधिक पुरस्कार राशीको सगरमाथा धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्सले पहिलो जित दर्ता गरेको छ।काठमाडौं गोल्डेन्सले कञ्चनपुर आइकोनिकलाई २४ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो।१ सय ४८ रनको लक्ष्य पाएको कञ्चनपुर आइकोनिकले ९ विकेट गुमाएर १२३ रन मात्र बनाएपछि लगातार दोस्रो हार भोग्न बाध्य भएको छ।टस जितेर पहिला व्याटिङ रोजेको काठमाडौं गोल्डेन्सले ७ विकेट गुमाइ १४७ रन बनाएको छ।यो जारी प्रतियोगितामा अहिलेसम्मकै उच्च स्कोर हो।यस्तै आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले धनगढी टिम्स चौरहालाई २३ रनले हराएको छ। जितकालागि १ सय ३५ रनको लक्ष्य पछ्याएको धनगढी टिम्स चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो।धनगढीका अमर रौटेलाले २६, अनिल मण्डलले २४ र राजु रिजाल १३ रन बनाउँदा कस्तान पारस खड्काले २ तथा आरिफ शेखले एक रन मात्र जोड्नु भयो।यसअघि टस हारेर पहिला ब्याटिङको गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनाएको हो।कप्तान शरद भेषवाकरले सर्वाधिक ४६ , अनिल शाहले २८, प्रनित थापा मगरले २१, अमित श्रेष्ठले १९ रन बनाउनु भयो।ट्वेन्टी ट्वेन्टी ढाँचामा सञ्चालन प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख ४ गते सकिनेछ भने त्यसपछि प्ले अफका खेलहरु सुरु हुनेछन्।प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते हुनेछ।नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि प्रतियोगिताको विजेताले १५ लाख हात पार्नेछ।

Share.

About Author

Leave A Reply