धनगढी प्रिमियर लिग’ क्रिकेटमा काठमाडौँ गोल्डन्सको विजयी सुरुवात

0

चैत–१८कैलाली।सर्वाधिक पुरस्कार धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ।कैलालीको धनगढीमा भएको उद्घाटन खेलमा साविक विजेता टीम चौराहा धनगढीलाई ७ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो।१ सय ४६ रनको मध्यम विजयी लक्ष्य काठमाडौं गोल्डेन्सले ८ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो।अमित श्रेष्ठले नटआउट ८१ र नरेश बुढाऐरले नटआउट २४ रनको योगदान दिनुभयो । पहिलो ब्याटिङ गरेको आयोजक धनगढी टिम चौराहले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको हो।धनगढीकालागि आक्रामक पारी खेलेका सुनिल धमलाले ५७ बलमा ६८ रन बनाउँदा  शंकर रानाले ३६ रन जोड्नु भयो।काठमाडौकालागि साहब आलमले पहिलो खेलमै लगातार तीन विकेट लिदै हृयाट्रिक गर्नुभएको हो।१८ औं ओभरको तेस्रो बलमा सुजिन धमला चौथोमा  सोमपाल कामी र पाँचौमा सोनु तामाङको विकेट लिँदै १९ वर्ष मुनिको राष्ट्रिय टोलीका बलर साहबले हृयाट्रिक पुरा गर्नुभएको हो ।प्रतियोगितामा आज दुर्इ वटा खेल हुँदैछन बिहान ९ बजे सुरु हुने खेलमा  रुपन्देही च्यालेन्जर्स र सिवार्इसी अन्तरिया तथा दिउँसफ हुने खेलमा महेन्द् नगर युनार्इटेड र बिराटनगर किंग्स भिड्दैछन । प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख तेस्रो हुनेले तीन लाख र सान्वना स्थान हात पार्ने टोलीले दुई लाख पाउने छन् ।

Share.

About Author

Leave A Reply