धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट खेल्ने टिमका मालिक र रणनीतिक खेलाडी सार्वजनिक।

0

माघ–११कैलाली।धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट खेल्ने टिमका मालिक र रणनीतिक खेलाडी सार्वजनिक गरिएको छ।डिपिएलका दोस्रो संस्करणमा यसअघिको कञ्चनपुर आइकोनिकको ठाउँमा यसपटक महेन्द्रनगर युनाइटेडले खेल्ने भएको छ।शरद भेषवाकर नखेल्ने भएपछि विराटनगर किंग्सको रणनीतिक खेलाडी पारस खड्का हुनुभएको छ।पारसले पहिलो संस्करणको डिपिएलमा टिम चौराह धनगढीको नेतृत्व गर्दै उपाधि जित्नुभएको थियो।यस्तै टिम चौराह धनगढीको रणनीतिक खेलाडी सोमपाल कामी, सिवाइसी अत्तरियाकालागि दीपेन्द्रसिंह ऐरी, महेन्द्रनगर युनाइटेडकालागि विनोद भण्डारी हुनुभएको छ।यस्तै काठमाडौं गोल्डेन्सकालागि ज्ञानेन्द्र मल्ल र रुपन्देही च्यालेन्जर्सको रणनीतिक खेलाडी शक्ति गौचन बन्नु भएको छ।हरेक टिममा रहेका रणनीतिक खेलाडीले टिमको समन्वय गर्नेभएपनि खेलाडी कप्तान हुन वा नहुने पछि टुंगोलाग्ने जनाइएको छ।सिवाइसी अत्तरियालाई क्रिएटिभ युथ क्लवले सञ्चालन गर्नेछ भने महेन्द्रनगर युनाइटेडका लगानीकर्ता सुशीलकुमार श्रेष्ठ र विराटनगर किंग्सका लगानीकर्ता पूर्वखेलाडी पारस लुनिया रहनुभएको छ।यस्तै रुपन्देही च्यालेन्जर्सका लगानीकर्ता सुरज उप्रेती, टिम चौराह धनगढीका राजकुमार श्रेष्ठ र काठमाडौं गोल्डेन्सका लगानीकर्ता गोल्डेनगेट एजुकेशन नेटवर्क रहेको छ।डिडिएल आयोजक धनगढी क्रिकेट एकेडेमी डिसिएका प्रमुख सुवास शाहीले डिपिएलको विजेताले घरेलु क्रिकेटकै अहिलेसम्मको सर्वाधिक २५ लाख रुपैयाँ नगद पुरस्कार पाउने बताउनु भयो।यस्तै उपविजेताले १० लाख रुपैयाँ र तेस्रो स्थानको टिमले ३ लाख तथा चौथो हुने टिमले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।प्रतियोगितामा सहभागी ६ वटा टिमले २ जनाका दरले विदेशी खेलाडी राख्नैपर्ने नियम राखिएको छ भने एक जना खेलाडी सुदूरपश्चिमका हुनै पर्नेछ।खेलाडीको वोलकवोल फागुन ५ गते हुनेछ।

Share.

About Author

Leave A Reply