धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा काठमाडौंको लगातार तेस्रो जित

0

चैत–२२ धनगढी।सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार तेस्रो जित हात पार्न सफल भएको छ।काठमाडौंले सीवाइसी अत्तरियालार्इ ११ रनले हराउँदै अपराजित यात्रा कामय राखेको छ।तीन खेलबाट ६ अंक सहित काठमाडौं लिगको शीर्ष स्थानमा कामय छ भने  अत्तरियाले समान खेलबाट २ अंक मात्र जोडेको छ। १३८ रनको सामान्य लक्ष्य पाएको अत्तरियाले गौरब चितकाराको सर्वाधिक ३६ रनसंगै निर्धारित २० ‌ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो।पहिला ब्याटिङ गरेको काठमाडौले कप्तान ज्ञानेन्द्र मल्लको ५७ रनको अर्धशतकिय पारीसंगै ९ विकेट गुमाएर १३७ रन बनाएको हो।यस्तै बिराटनगर किङ्ग्सले रुपन्देही च्यालेन्जर्सलार्इ ४२ रनले हराउँदै पहिलो जित हात पारेको छ। १८२ रनको लक्ष्य पछ्याएको रुपन्देही २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्र बनाएपछि लगातार तेस्रो हार भोग्न बाध्य भयो।प्रदिप ऐरीले ५० बलमा ५४ रनको अर्धशतकिय पारी खेल्दा दिपकप्रसादले २२ र कप्तान शक्ति गौचनले अविजित १४ रन बनाएपनि अरुले दोहोरो अंकमा रन बनाउन सकेनन।बीराटनगगरका सुभम कामतले ३ विकेट हात पार्नुभयो।यसअघि पहिले ब्याटिङ गरेको बिराटनगरले बाबर हायातको ५८ रन अर्धशतकसँगै २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको हो। बाबरले ३५ बलमा चार चौका र चार छक्काको मदतमा ५८ रन बनाउँदा दिलिप नाथले ४३ र अनिलकुमार साहले ३६ तथा कप्तान पारस खड्काले १२ बलमा २२ रन बनाउनु भयो।

Share.

About Author

Leave A Reply