धनगढी प्रिमियर लिग डीपीएल-२ का सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने

0

चैत–१२धनगढि।धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग डीपीएल-२ क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने भएको छ ।आयोजक धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउने बताएको छ ।आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुजसँग प्रायोजन सम्झौता भएको जनाएको छ । डीपीएलको सर्वोत्कृष्ट खेलाडी प्राविधिक समितिले चयन गर्ने बताएको छ ।डीपीएलको प्लेयर अफ दि सिरिजलाई भने मोटरसाइकल उपहार दिने यसअघि नै घोषणा भइसकेको छ ।धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले सम्झौता अनुसार डीपीएलमा प्रायोजन गरेवापत गोल्ड स्टार जुत्ताले १६ लाख रुपैयाँ सहयोग गर्ने बताउनु भयो ।

Share.

About Author

Leave A Reply