धार्मिक महोत्सवमा करिब १ करोड रुपैयाँ संकलन।

0

असोज१७सुर्खेत।बीरेन्द्रनगर ११मा पर्ने भेरी नदिको समझीघाटमा मोक्षघाट निर्माणकालागि संचालीत धार्मिक महोत्सवमा करीब १ करोड रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।महोत्सवमा संकलित रकमको एकिन हिसाब गर्न बाकि रहेपनि एक करोडको हाराहारीमा  संकलन भएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छबिलाल सिग्देलले जानकारी दिनुभयो ।वीरेन्द्रनगर, लेकबेसी र भेरीगंगा नगरपालिकाको सिमानामा पर्ने समझीघाटमा विधुतीय आर्यघाट निर्माण गर्ने लक्ष्य सहित गत ९ गते बाट सुर्खेतको वीरेन्द्रनगरमा भेरिगंगा सांस्कृतिक धार्मिक महोत्सव सुरु भएको हो।मोक्षघाट निर्माणकालागि सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।यस्तै वीरेन्द्रनगर, लेकबेसी र भेरीगंगा नगरपालिकाका र यी नगरपालिकाका केहि वडा कार्यालय, सामुदायिक वन तथा व्यक्तिगत रुपमा सहयोग उपलब्ध भएको संयोजक सिग्देलले जानकारी दिनुभयो ।उहाँले मोक्षघाट निर्माण अभियान सामाजिक कार्य भएको भन्दै यसमा सबै सरोकारवाला निकायको सहयोग आवश्यक पर्ने बताउनुभयो ।महोत्सवमा यज्ञमा १००८ शालीग्राम भगवानको दर्शन प्रदक्षिणा, आरती प्रज्वलन, गौदान, ग्रहशान्ति, सोह्रश्राद्धलगायतका धार्मिक संस्कारहरू गरिएको छ ।महोत्सवमा गोबिन्दशरण संकल्पकर्ता र आचार्य द्धय नारायण न्यौपाने र बालकृष्ण अर्याल कथावाचक रहनुभएको थियो। महोत्सव समापन कार्यक्रम कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Share.

About Author

Leave A Reply