नगरभित्र बसोबास गर्ने बालबालिका शिक्षाबाट बन्चित नहुने।

0

वैशाख-२५सुर्खेत। बीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरभित्र बसोबास गर्ने कुनैपनि बालबालिका शिक्षाबाट बन्चित हुन नपर्ने दाबी गर्नुभएको छ ।इन्सेक कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगरमा गरेको अन्तरक्रियामा नगरप्रमुख सुवेदीले नगरभित्रका सबै बालबालिकालार्इ सहज रूपमा शिक्षाको पहुँचमा पुर्याउने प्रतिबद्धता जनाउनु भएको हो।सुवेदीले आगामी आर्थिक बर्षमा शिक्षा क्षेत्रकालागि आवश्यक बजेट विनियोजन गर्ने भन्दै नगरभित्र बसोबास गर्ने कुनैपनि नागरिकका बालबालिका विद्यालय जान नसकेको पाईएमा उनीहरूलाई नगरपालिकाले नै निःशुल्क शिक्षा उपलब्ध गराउने बताउनु भयो ।कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका नगर शिक्षा इकाईका शाखा अधिकृत उत्तम आचार्यले स्थानीय स्तरमा शिक्षा सम्बन्धी सरकारी नीति र स्थानीय शिक्षाको अवस्था प्रतिवेदनविषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।इन्सेकद्धारा गठित मानवअधिकार निगरानी समुहले पहिचान गरेको शिक्षाका सवालहरूको बारेमा टिप्पणी गर्दै कार्यक्रमका सहभागीहरूले सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क लिएको भन्दै ध्यानाकर्ण गराएका छन ।इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले शिक्षा क्षेत्रमा देखा परेका समाधान गर्न जनप्रतिनिधी, विद्यालय प्रशासन, व्यवस्थापन समिति, अभिभावक, लगाएतका सबैपक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकनागरिक समाजका प्रतिनिधि र विद्यार्थीहरू सहभागि भएका हुन ।

Share.

About Author

Leave A Reply