नयाँबस्ती युथ क्लबलाई ३-१ गोलअन्तरले पराजित।

0

माघ-२८ सुर्खेत।शहीद स्मारक बी डिभिजन लिगमा न्युरोड टिम एनआरटीले नयाँबस्ती युथ क्लबलाई पराजित गरेको छ।सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एनआरटीले नयाँबस्तीलार्इ ३-१ गोलअन्तरले हराएको हो।खेलको सुरुवातमा नै सानीकुमार चौधरीले नयाँबस्तीका लागि गोल गर्दै अग्रता दिलाए पनि खेल भने जिताउन सक्नुभएन।खेलको २९ औं मिनेटमा पुकार आलेमगरले गोल गर्दै आरसीटीलाई बराबरीमा पुर्याउनुभयो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा संसारनन्द पलाञ्चोकीले टिमका लागि दोस्रो गोल गर्नुभयो।त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा पुनः संसारले गोल गर्दै आरसिटीलाई तीन अंक दिलाउनुभयो।

Share.

About Author

Leave A Reply