नयाँ आर्थिक बर्षको लागी १४ खर्ब बजेट बिनियोजन।

0

जेठ १५ सुर्खेत,  सरकारले नयाँ आर्थिक बर्षको लागी १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्वास्थ्यसंगै शिक्षा क्षेत्रलाइ पनि प्राथिकतामा राखेर बजेट ल्याउनु भएको छ।

कोरोना संक्रमणलाइ फैलन नदिन उच्च जोखिम रहेको स्थानमा परिक्षणको दायरा बढाउन बजेको ब्यवस्था गरेको छ।

कोरोना लगायत संक्रामक रोग नियन्त्रणलाइ प्रमुख प्राथमिकताद साथ यस बर्षको बजेट सार्वजिनक गरेको छ।

सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बजेट छुट्याएको छ।

अर्थमन्त्री खतिवडाले कोरोना नियन्त्रणको आवश्यक उपकरण खरिदको लागि लागि ६ अर्ब रुपैयाँ छुट्याएको बताउनुभयो।

स्वास्थ्य पूर्वाधार निर्माणका लागि बजेट छुट्याएको भन्दै एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था गरिएको भन्दै कोरोना नियन्त्रणमा खटिनेको ५ लाखको जीवन बिमा गरिदिने बताउनुभएको छ।

सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब रुपैयाँ बिनियोजन छ।

यस्तै सरकारले आगामि आर्थिक बर्ष भित्र कर्णालीको हुम्लामा सडक संञ्जाल पुर्याउने बताएको छ।

सुरकारले सुर्खेतमा बहुमुल्यपथर प्रशोधन स्थापना गरिने जनाएको छ भने दैलेखमा पेट्रोलियम प्रदाथको उत्खनन शुरु गरिने जनाएको छ । आगामी आर्थिक वर्षमा यस कार्यक्रम अन्तरगत २ लाख जनालाई रोजगारी दिनका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो।

हाल दिँइदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्दै यसकालागी ६७ अर्ब ५० करोड विनियोजन गरिएको छ।

सरकारले अन्तरप्रदेश हवार्इ सम्पर्क विस्तार गर्न सुर्खेत विमानस्थलालार्इ प्रादेशिक विमानस्थलको रुपमा विकास गर्ने जनाएको छ।

सरकारले प्रत्येक स्थानियतहमा कम्तिमा एक कृषि पटेक क्षेत्र रहने गरेर ३ र्अव भन्दा बढि बजेट छुट्याएको छ भने कर्णालीमा खाध्यगुणस्त प्रयोगशाला संञ्चालनमा ल्याइने भएको छ।

 

 

Share.

About Author

Leave A Reply