नवनियुक्त प्रदेश प्रमुख कलौनीद्धारा पदभार ग्रहण ।

0

कार्तिक २० सुर्खेत,कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पदभार ग्रहण गर्नुभएको छ।

राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएसंगै कलौनीले कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आएर पदभार सम्हानुभएको हो।

प्रदेश प्रमुख कलौनीलार्इ मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, मुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धर लगायतले स्वागत गर्नुभएको हो।

यसअघिका प्रदेश प्रमुख दुर्गाकेशर खनाललार्इ राष्ट्रपतिले पदमुक्त गरेपछि उहाँको ठाँउमा कलौनी आउनुभएको हो।

पदभारग्रहण लग्गतै प्रमुख कलौनीले कर्णाली प्रदेशको सम्रग विकासको लागी आफु दत्त चित भएर लागीपर्ने बताउनुभयो।

उहाँले कर्णाली प्रदेशलार्इ अन्य प्रदेश सरह मात्र नभएर त्यो भन्दा पनि राम्रो बनाएर अरु प्रदेशले पनि कर्णालीबाट सिक्ने खाल्को काम गर्ने बताउनुभयो।

प्रमुख कलौनीले कर्णालीवासको अनुहारमा उज्योलो ल्याउनको लागी सबै एकजुट भएर लाग्नुपर्ने भन्दै कर्णालीलार्इ नमुना प्रदेश बनार्इने उल्लेख गर्नुभयो।

उहाँले अब आफु कुनै पार्टी र व्यक्तिको नभएको भन्दै समग्र कर्णालीको लागि काम गर्ने भन्दै सबै राजनितिक दलहरुसंग समुन्वय गरेर काम थाल्ने बताउनुभयो।

यस अघि सरकारको सिफारिसमा राष्ट्रपतिले पहिलेका प्रदेश प्रमुखहरुलार्इ पदमुक्त गरेपछि कर्णाली सहित ६ वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो।

 

 

Share.

About Author

Leave A Reply