नवनिर्वाचित सभामुख सापकोटाद्वारा सपथ ग्रहण।

0

माघ-१४ सुर्खेत।नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदको सपथ लिनुका साथै पदभार सम्हाल्नु भएको छ ।

सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिनुभएको हो।

प्रतिनिधि सभाको संसद बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोप लागेर पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद खाली थियो।

Share.

About Author

Leave A Reply