नादेझ्दा कपको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने।

0

भदाै २६, किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।

नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएर फाईनल सम्मको यात्रा तय गरेको हो।

फाईनलमा नेपालले फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ।

फिफा बरियतमा नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ।

पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने अभियानमा रहेको नेपाललाई समुह चरणमा उज्वेकिस्तानसंग ब्यहोरेको हारको बदला लिने अवसर समेत प्राप्त छ।

समुह चरणको खेलमा उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो।

राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा शीर्ष दुई उपाधिका लागि भिड्न लागेका हुन।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजकलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो।

नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी लागि नेपाल किर्गीस्तान पुगेको हो।

 

 

Share.

About Author

Leave A Reply