नितिनिर्माण तहमा महिलाको उचित प्रतिनिधित्व गराउन माग।

0

फागुन–२५ सुर्खेत।निति निर्माण तहमा महिलाको उचित प्रतिनिधित्व गराउन सरोकारवालाले माग गरेका छन ।१०८ औँ अन्तराष्टिय श्रमीक महिला दिवसको अवसरमा सुर्खेतको बीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागिले ऐन कानूनमा अधिकार दिएर मात्र नहुने भन्दै यसको कार्यान्वयन बलियो हुनुपर्ने ‍औंल्याएका छन ।कर्णाली प्रदेशका कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी समेत सम्हानुभएका आर्थीक मामीला मन्त्री प्रकाश ज्वालाले महिलामैत्री कानुन निर्माणकालागि सामाजीक विकास मन्त्रालयसंग सहकार्य गर्ने बताउनु भयो। उहाँले पहिले निती निर्माण गर्ने तहमा महिलाको सहभागीता नगराइएकोले महिलामैत्री निती नियम बन्न नसकेको भन्दै अब कर्णाली प्रदेशका हरेक तहमा ५० प्रतिशत भन्दा बढी महिलाको प्रतिनिधित्व गराउने प्रतिबद्दता पनि जनाउनु भएको छ। सामाजिक विकासमन्त्री दल रावलले महिलाका हक अधिकारकालागी धेरै नियक कानुन बनेका भएपनि महिलाका कुनै पनि मुद्धाका सुनुवाइ नभएको बताउनुभयो।उहाँले ११५ औँ महिला श्रमीक दिवसमा महिला समानतका कुरा महिलाका शिक्षाका कुराहरु सातै प्रदेश मध्ये ६ नम्बर प्रदेशमा उदारणीय हुने बताउनु भयो। प्रदेशसभा सदस्य सिता नेपालीले कर्णली प्रदेशमा महिलालाइ अधकिारका सम्पन्न गराउनकालागी संवीधानले दिएको व्यवस्थालाइ कार्यान्वयनमा लैजान प्रदेश स्तरबाट कानुनहरु निर्माण गर्ने प्रतिबदधता व्यक्तगर्नुभयो। कार्यक्रमका सहभागिले सबै तहमा महिलाको पुरुष सरह समान प्रतिनिधित्व बनाउन सकेमा मात्र हक अधिकार प्राप्त गर्न सहज हुनेमन जोड दिएका छन् ।कार्यक्रम वीरेन्द्रनगर नगरपालीकाका उप प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको हो ।आर्थीक शसक्तिकरण सहितको सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाको जिवन रुपान्तरण भन्ने नाराका महिला दिवस मनाइएको हो ।

Share.

About Author

Leave A Reply