निर्वाचन आयोगद्वारा प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग फेरि आग्रह ।

0

पुष–३०।निर्वाचन आयोगले प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग फेरि आग्रह गरेको छ।राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्य तालिकासमेत प्रकाशित भइसकेले प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग आग्रह गरेको हो।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकपछि सरकारसँग नियुक्तिकोलागि पुनः आग्रह गरेको हो।प्रदेश प्रमुखको नियुक्तिमा भएको ढिलार्इले निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्नसक्ने सम्भावना देखिएकाले यसमा आयोग गम्भीर भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।यसैगरी आयोगले निर्वाचनको कार्य तालिका र निर्वाचन कार्यक्रम समेत स्वीकृत गरी सकेको छ।स्वीकृत कार्यक्रमअनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

Share.

About Author

Leave A Reply