निर्वाचन आयोगले स्थानीय तहमा भाग लिन पाउने ८० दलको नाम सार्वजिक गर्यो।

0

चैत ,२७ -निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नामावली प्रकाशित गरेको छ।आयोगले स्थानी य तह निर्वाचनमा भाग लिन पाउने ८० वटा दलहरुको नाम सार्वजनिक गरेको हो ।आयोगले सार्वजनिक गरेको सूचीमा नेपाली कांग्रेस पहिलो, नेपाल कम्युनिष्ट पार्टी एमाले दोस्रो र तेस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नाम छ ।निर्वाचनमा भाग लिने दलहरुको सूचीको चौथो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम छ। आयोगले सार्वजनिक गरेको सूचीमा अहिलेकै अवस्थामा निर्वाचनमा भाग लिन नसकिने भन्दै आइरहेका मधेसवादी दलहरुको नाम समेत उल्लेख छ ।निर्वाचनमा भाग लिने दलको सूचीमा भर्खरै खुलेका केही दल भने परेका छैनन् ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल, विवेकशील नेपाली दलको नाम सूचीमा भए पनि रविन्द्र मिश्रको साझा पार्टीको नाम भने अटाएको छैन ।

Share.

About Author

Leave A Reply