निर्वाचित नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा यहि भदौमा हुने ।

0

साउन–१७ ।निर्वाचित नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा यहि भदौमा हुने भएको छ।नेपाली क्रिकेटको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तयार पारेको विधान पारित गराउन क्यानको विशेष साधारण सभा डाक्न लागिएको हो।भदौ पहिलो साता विशेष साधारणसभाले नयाँ विधान पारित गरेपछि क्रिकेट विवाद समाधान हुने अपेक्षा गरिएको छ।राजधानीमा बसेको क्यानको बैठकले सल्लाहकार समितिले तयार पारेको विधानलाई साधारण सभामा लैजाने निर्णय गरेको हो।क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा गठित सल्लाहकार समितिमा निर्वाचित क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पनि सदस्य हुनुहुन्छ।दुई हप्ता अघि नेपाल आएको आईसीसी टोलीले प्रस्तावित विधान साधारणसभाबाट पारित गराउन क्यानलाई निर्देशन दिएअनुसार साधारण सभा बोलाउन लागिएको हो।क्यानको साधारण सभाबाट यो विधान पारित भएपछि नेपाली क्रिकेटको विवाद समाधानको औपचारिक बाटो खुल्ने बताइएको छ।

Share.

About Author

Leave A Reply