निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ।

0

असाेज २०-।जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिए लगत्तै निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ पर्नुभएको छ  ।

संसद सचिवालयका कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको हो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

महरामाथि १२ असोजको साँझ शाहीलाई उहाँकै कोठामा गएर बलात्कारको प्रयास गरेको आरोप छ ।

आरोप लागेसंगै महराले सभामुख पदबाट राजीनामा दिनुभएको छ।

महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गर्दै आफूलार्इ फसाउन खोजिएको बताउनु भएको छ।

महरा र पीडित महिलाको कल डिटेल रेकर्ड सीडीआर, सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा दिन सुविधानगरस्थित शाहीको घरमा पुगेको निष्कर्ष निकालेको छ ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेपनि महराले सांसदबाट भने  राजीनामा दिनुभएको छैन ।

शाहीले १५ गते भने बोली  फेर्दै  महरा आफ्नो कोठामा आउँदै नआएको आफू डिप्रेसनको बिरामी भएकाले के बोले भनेर थाहा नभएको बताउनु भएको थियो

फेरि १६ गते भने उहाँले आफूमाथि महराले बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिनुभएको हो।

Share.

About Author

Leave A Reply