नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वारा एकताबारे भएका प्रगतिको ब्रिफिङ

0

माघ–१९।नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकमा दुई पार्टीका अध्यक्षले एकताबारे भएका प्रगतिको ब्रिफिङ गरेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा भएका प्रगतिबारे संक्षिप्त ब्रिफिङ गरेका प्रचण्डको सचिवालयले जनाएको छ।बैठकले मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रिपरिषद गठनको कार्यदलको रिपोर्ट पनि अनुमोदन गरेको छ।पार्टी एकता सरकार गठनअघि कि पछि तथा एकीकृत पार्टीको नेतृत्व, कार्यदिशा लगायत विषय टुंगो लाग्न बांकी छ।माओवादीले सरकार गठन अघि नै पार्टी एकता गर्नुपर्ने र एकीकृत पार्टीको नेतृत्व आफूलाई दिनुपर्ने अडान राख्दै आएको छ।

Share.

About Author

Leave A Reply