नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज विहीबार ३६ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ।

0

साउन ६ सुर्खेत,

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज विहीबार ३६ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ।

नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान र्पुयाएका कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको हो।

घाँटीको क्यान्सरका कारण बीपीको २०३९ साल साउन ६ गते निधन भएको थियो।

भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहिया जस्ता नेतासँग उनको प्रत्यक्ष बसउठ थियो ।

बी.पी. कोइरालाले मुलुकमा प्रजातन्त्रको स्थापना र राष्ट्रय हित प्रबद्र्धनका लागि कयौं पटक जोखिम मोलेका थिए । राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गर्नुहुने कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वा्चित पहिलो प्रधानमन्त्री बने ।

कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि थुप्रै वर्ष उनले जेल जीवन विताए । प्रजातान्त्रिक समाजवादका पक्षधर वीपी सधै ग्रामीण अर्थतन्त्रमुखी विकासका चिन्तक थिए ।

२०१५ सालमा प्रथम पटक जननिर्वा्चित प्रधानमन्त्रीका रुपमा वीपीले अंगिकार गर्नुभएको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भइरहेकै बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोगमा वीपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नै हातमा लिएका थिए ।

पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्किएका थिए ।

संवैधानिक राजतन्त्र र प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याउनु भएका स्वर्गीय कोइराला नेपाली जनताको अधिकार रक्षाका लागि निरन्तर संघर्षरत भए ।

आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित थिए ।

Share.

About Author

Leave A Reply