नेपालगन्जमा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने।

0

जेठ-३ सुर्खेत।आउँदो २३ गतेदेखि नेपालगन्जमा पहिलो पटक अन्तर वडा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० र १२ को आर्थिक सहयोगमा द गु्रप अफ १६ युथ क्लबले पहिलो पटक वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।आयोजक युथ क्लबका अध्यक्ष विष्णु अर्यालले युवाहरुलाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले आयोजनालाई निरन्तर अगाडि बढाउने बताउनु भयो ।जेठ १५ गतेसम्म टिम दर्ताको समय तोकिएको छ भने पुरस्कार राशी केहि दिनमा घोषणा गर्ने बताइएको छ ।

 

 

Share.

About Author

Leave A Reply