नेपालगन्ज उपमहानगरपालिकाले आगामी बर्षकालागि ६ सय ६३ वटा योजना तय गर्यो

0

माघ–१९बाँके।बाँकेको नेपालगन्ज उपमहानगर पालिकाले आगामी बर्षकालागि ६ सय ६३ वटा योजना तय गरेको जनाएको छ।नगर प्रमुख डा. धबलसमशेर राणाले उपमहानगरपालिकाभित्र ९० किलोमिटर सडक स्तरोन्नती तथा कालोपत्रेको योजना रहेको भन्दै नेपालगन्ज बसपार्कलाई चार महिनामा स्तरीय बसपार्कको रुपमा तयार गरिने बताउनु भयो।नेपालगन्जमा अधुरो सडक, ढल, नालाहरुको पूर्वाधार विकासकालागि एशियाली विकास बैंकबाट क्षेत्रीय सहरी विकास आयोजना मार्फत दोस्रो चरणमा काम सुरु हुन लागेको बताउनु भयो।यसकालागि ३ अर्ब ७१ करोड रुपैयाँ रहेको भन्दै उहाँले बर्षात्मा पानी जम्न नदिन ढल, नाली निकासको उचित व्यवस्थापन गर्ने प्रतिबद्दता पनि जनाउनु भएको छ।फोहोर व्यवस्थापनकालागि वडा नंम्बर २३ हिरमिनियामा फोहोर व्यवस्थापन केन्द्र निर्माणको भर्इरहेको उहाँको भनार्इ छ।उहाँले जनताको समस्या र जनगुनासोलाई सम्बोधन गर्नका टोल फ्रि सेवा समेत सुरु गरेको भन्दै केही महिना मै नेपालगन्जलाई परिवर्तित सहरका रुपमा स्थापित गरेरै छाड्ने बताउनु भयो।नेपालगन्जका वडा नम्बर १६, २० र २१ लाई जीआइजेडको सहयोगमा नमुना वडाका रुपमा विकास गर्न लागिएको भन्दै राणाले रानी तलाउ, महेन्द्रपार्क, वाटर पार्क पुनः निर्माणको चरणमा रहेको बताउनु भयो।उपमहानगरपालिकाले हिजोमात्र सात महिनामा गरेका आफ्ना प्रगति र योजनाहरु सार्वजनिक गरिसकेको छ।

Share.

About Author

Leave A Reply