नेपालले अाज सिंगापुरसँग खेल्ने ।

0

भदौ १७।एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ ।वर्षाका कारण ३० ओभरमा झारिएको खेलमा १८९ रनको लक्ष्य पाएको घरेलु टोली मेलेसियाले ९ विकेटको नोक्सानीमा १६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो।लगातार दुई खेलमा पराजित भएको नेपाल तेस्रो खेलमा पहिलो जित हात पार्न सफल भएको हो।नेपाललाई जिताउन बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिनुभयो  भने मलेसियाका अनुवार अनुरिद्दिन र सायद अजिजले समान ३४ रन बनाउनु भयो । पहिला ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै  १८८ रन बनाएको थियो ।खराब शुरुआत गरेको नेपाललाई मोहम्द आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले उकास्नु भएको हो।शेखले नटआउट ६४ रनको योगदान दिदाँ  दीपेन्द्रले महत्वपूर्ण ५४ रन बनाउनु भयो ।६० रनमा ५ विकेट गुमाएको नेपाललाई उकास्न दीपेन्द्र र आरिफले ८८ बलमा १०१ रनको सोझेदारि गर्नुभएको हो ।नेपालले आज सिंगापुरसँग खेल्ने छ । ६ टोली रहेको छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् भने विजेता टोली एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुने एशिया कपमा सहभागी हुन पाउने छ ।

Share.

About Author

Leave A Reply