नेपाली काँग्रेस सुर्खेतकाे चुनावी सभा।

0

मंसीर–१२सुर्खेत। नेपाली काँग्रेस सुर्खेत क्षेत्र नंम्बर २ को चुनावी कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको १२ नेवारे र चनौटेमा घरदैलो कार्यक्रम गरिएको छ।घरदैलो कार्यक्रम गर्दै प्रतिनिधि सभा सदस्य क्षेत्र नंम्बर २ का उम्मेदवार हृदयराम थानीले सुर्खेत जिल्लाको समग्र विकासकालागी काग्रेसको जित आवश्यक रहेको बताउनु भयो।थानीले यसअघिका निर्वाचनमा आफूले जनतामाझ गरेका बाचा पूरा गर्दै आएको भन्दै वीरेन्द्रनगर उपत्यकालाई सुन्दर र हराभरा बनाउन टाउन प्लानिङ अनुसार काम गर्दै जाने प्रतिबद्दता जनाउनु भयो।पूर्व मन्त्री समेत रहेका थानीले यातायातकालागि चक्रपथ निर्माणमा जोड् दिने प्रतिबद्धता जनाउनु भयो।थानीले उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न र सिचाइँ सुविधा उपलब्ध गराउन भेरीबाट लिफ्ट गरेर पानी ल्याउने योजना अघि बढेको बताउनु भयो।प्रदेश सभा सदस्यकालागि क्षेत्र नंम्बर २ (क) का उम्मेदवार कमलराज रेग्मीले उपत्यकालाई शैक्षिक थलोका रुपमा विकास गर्ने योजना आफ्नो रहेको बताउनु भयो ।कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, जिल्ला समन्वय समितिका उपसंयोजक देवि भट्टराई, क्षेत्रीय सभापति नारायण कोइराला, समानुपातिक उम्मेदवार पार्वति गिरि, पार्वति सार्कि, पार्टिका जिल्ला सचिव भुपेन्द्र खत्री लगायत नगरस्तरीय पार्टि कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

Share.

About Author

Leave A Reply