नेपाली कांग्रसेले विधान संशोधनका लागि प्रदेश स्तरीय सुझाव संकलन गर्दै ।

0

असोज८सुर्खेत।नेपाली कांग्रसेले पार्टीको विधान संशोधन सम्बन्धी प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रम गर्ने भएको छ।आज र भोली २ दिन कर्णालीका १० जिल्लाका पार्टीका नेताहरुको उपस्थितीमा सुर्खेतको वीरेन्द्रनगरमा विधान संसोधनका लागि सुझाव संकलनगर्न लागिएको हो।सुझाव संकलन कार्यक्रमबारे जानकारी दिन नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिन्य सदस्य तथा विधान मस्यौदा समितिका कर्णाली प्रदेश संयोजक मिनबहादुर विश्वकर्माले पार्टीलाई संघीय संरचना अनुसार अघि बढाउन अहिले विधान परिमार्जनका लागि सुझाव संकलन गर्न लागिएको जानकारी दिनुभयो।उहाँले विधान परिमार्जनका लागि सुझाव संकलीत मंसिर पहिलो साता बस्ने महासमिति बैठकमा प्रस्तुत गर्ने र बैठकले विधानलाई अन्तीम रुपप दिने बताउनुभयो।प्रारम्भीक मस्यौदा समितिका सदस्य प्रदिप पौडेलले संघिय संरचना अनुसार कांग्रेसले प्रदेश कमिटि गठनमा ढिलाई गरेको स्वीकार गर्दै अब बस्ने महासमितिको बैठक पछि नेपाली कांग्रेस थप समावेशि पार्टी बन्ने दाबी गर्नुभयो।प्रारम्भिक मस्यौदा समितिले देशैभर सुझाव संकलन गर्ने कार्यक्रम अनुसार कर्णालीका १० जिल्लाहरूबाट पनि सुझाव संकलन गर्न लागेको नेता पौडेलको भनाई छ।भेलामा सबै जिल्लाका जिल्ला सभापतिहरूक्षेत्रीय सभापतिहरू,भ्रातृसंगठनका प्रमुखहरू तथा जनप्रतिनिधिहरूमहासमिति सदस्य तथा निर्वाचन प्रतिनिधिहरूको समेत उपस्थिति रहने उहाँले बताउनुभयो।कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सुझाव संकलनका लागि कर्णाली प्रदेशबाट करिव दुई जना नेताहरुको उपस्थिति रहने जानकारी दिनुभयो।उहाँले कार्यक्रमको समापनमा यहाँबाट दिइएका सुझावहरु सार्वजनिक गरिने बताउनुभयो।कार्यक्रममा प्रमुख अतिथिका रुपमा पार्टीका केन्द्रिय कोषाध्यक्ष चित्रलेखा यादव आउनु हुने कांग्रेसले जनाएको छ।

Share.

About Author

Leave A Reply