नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान सकियो।

0

असाेज८-सुर्खेत।नेपाली काँग्रेसले संञ्चालन गरेको दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान तथा बिरोध सभा समापन भएको छ।

गत भदौ २४ गतेदेखी सुर्खेतसहित देशभर शुरुभएको जागरण अभियानको आज समापन गरिएको हो।

सुर्खेतका दुर्इ क्षेत्रका चारवटा प्रदेशहरुमा अभियान संञ्चालनपछि आज पार्टीकार्यलय सुर्खेतमा अभियानको समापन गरिएको हो।

समापन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले जागरण अभियानले काँग्रेस भित्र उत्साह थपिएको बताएका छन।

उनिहरुले अभियानले पार्टीभित्र देखिएको मनमुटाबलार्इ अन्त्य गरेको भन्दै अव संगठन निर्माण सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका छन।

नेताहरुले यो अभियानले काँग्रेसमा नयाँ शन्देशको आशा पलाएको भन्दै अव शसक्त भएर अगाडी बढ्न् नेतृत्वलार्इ आग्रह गरेका छन।

उनिहरुले गाँउमा जनता एकजुट भएको तर नेताहरु गुटउपगुटमा लाग्दा पार्टी कम्मजोर बन्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन।

यसैबीच समापन कार्यक्रमलार्इ सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले जागरण अभियानले काँग्रेसलार्इ उत्साह थपेको भन्दै अव पार्टीभित्रको संस्थागत सुधार तर्फ लाग्नुपर्ने बताउनुभयो।उहाँले पाटीभित्र अनुशासन हराउदै गएको प्रति चिन्ता जनाउदै अनुशासन विनाको पाटीले जनताको मन जित्न नस्कने ठोकुवा गर्नुभयो।कर्णाली प्रदेसभाका संसदिय दलका नेता समेत रहनु भएका नेता शाहीले सरकार एक पछि अर्को कान्ड निम्त्याउदै जनतामा निराश थप्दै गएको आरोप लगाउनुभयो।

यस्तै नेपाली काँग्रेस सुर्खेतका पुर्व पाटी सभापती एवम पुर्व राज्यमन्त्री तप्तबहादुर विष्टले पाटी भित्र एकले अर्कोलार्इ सम्मान गर्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोडदिनुभयो।

उहाँले अहिलेको अवस्थामा पनि पाटीभित्र मिल्नुको विकल्प नभएको भन्दै विगतका कमी कम्जोरीलार्इ बिर्षेर अगाडी बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रममा जागरण अभियानका प्रतिनिधिहरु कालिबहादुर सहकारी, मानवहादुर नेपाली जगतजंङग थापा र निरन्जन सिजापतीले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक कलह मेटाउनुपर्ने जस्ता सुझावहरु आएको बताउनु भएको छ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल महिला संघ सुर्खेतका अध्यक्ष पार्वती गिरी लगायतले आफ्नो भनार्इ राख्नुभएको छ।

 

 

Share.

About Author

Leave A Reply