नेपाली कांग्रेसले राजनितिक प्रस्तावबारे नेता कार्यकर्तासँग राय सुझाव लियाे।

0

मंसीर५सुर्खेत।नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेस अब नयाँ सोचका साथ अघि बढ्नुपर्ने समय आएको बताउनु भएको छ। सुर्खेतको बीरेन्दनगरमा भएको काँग्रेसको राजनितिक प्रस्ताव मस्यौदा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो। उहाँले पाटी नेत्तवले सबैलार्इ मिलाएर एकता बदभएर अगाडी बढेमा काँग्रेसले सफलता हासील गर्ने बताउनुभयो। उहाँले सरकार बनेको एक बर्ष वितिसक्दापनि सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको ठोकुवा गर्दै प्रतिपक्षमा भएर पनि काँग्रेस जनताको पक्षमा सधै काम गर्ने बताउनुभयो।केन्द्रिय सदस्य समेत रहनु भएका सिटौलाले अब आउने महासिमतिको बैठकबाट निस्कदा बृह्त एकताको निस्कर्ष सहित निस्कने दावी गर्नुभयो।कार्यशालामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य ह्रदराम थानीले पाटी नेतित्वकै गलत निर्णयका कारण काँग्रेस पराजय भएको भन्दै पाटी नेतित्वले कामको बाडफाड गर्दा समेत कसैलार्इ काखा र कसैलार्इ पाखा गर्ने गरेको गुनासो गर्नुभयो ।उहाँले पाटी भित्र मिल्नुको विकल्प नरहेको भन्दै काँग्रेसले के कारणले कमजोर भयो भनेर सोच्ने बेला आएको टिप्पणी गर्नुभयो।कार्यशालामा बिषय बिज्ञ कृष्णअनरुद्र गौतमले काँग्रसेमा नयाँ नेतित्व आउन आबश्यक रहेको भन्दै नयाँलार्इ पुस्तालार्इ भुमिका दिनुपर्नेमा जोडदिनुभयो।कार्यक्रममा काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सम्भावना भएको कर्णाली प्रदेशमा संगठन विस्तार गर्न जरुरी रहेको भन्दै अब सबै एक जुट भएर सगठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो।कार्यक्रममा केन्द्रीय सदस्यहरु कर्णालीका जिल्ला सभापतिहरु, प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा सदस्यहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, नगरपालिकालिकाका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुखहरुको सहभागीता रहेको थियो।कार्यशालामा कांग्रेसको विगत, वर्तमान र भविष्यको अवस्था, स्थानीय, प्रदेश सरकारका काम कारबाही, वर्तमान सरकारप्रतिको हेराई लगायतका वारेमा छलफल तथा सुझाव संकलन भएको छ। केन्द्रिय सदस्य किशोरसिंह राठौरको अध्यक्षतामा समपन्न भएको हो।

Share.

About Author

Leave A Reply