नेपाली कांग्रेसले सरकारविरुद्ध सुर्खेत सहित देशैभरि प्रदर्शन गर्यो।

0

साउन १६ सुर्खेत,नेपाली कांग्रेस सुर्खेतले आज सरकार विरुद्ध सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेको छ।

स्थानिय मंगलगडी चोक बाट र्याली सहित बजार परिक्रम गरी पिपल चौतारामा पुगेर कोण सभामा परिणत भएको हो।

बिरोध प्रर्दशनमा नेता तथा कार्यकर्ताले सरकारविरुद्ध चर्का नाराबाजी गरेको छन। प्रदर्शनमा उनिहरुले मूल्य वृद्धि फिर्ता गर्नुपर्ने,अवैज्ञानिक कर प्रणाली खारेज गर्नुपर्ने, सरकार तानाशाहीरुपमा अगाडी बढेको आरोप लगाएका छन।

सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले सरकारले सर्वसत्तावाद लादेर अघि बढ्न लागेको बताउनु भयो।

उहाँले संवैधानिक रुपमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक मान्यताको उल्लंघन गर्दै सरकार मनपरी रुपमा अगाडी बढेको उल्लेख गर्नुभयो।

उहाँले महंगी भ्रष्टाचार र कलोबजारी बढ्दै गएको भन्दै यसप्रति सरकार मुखदर्शक भएर बसेको आरोप लगाउनुभयो।

उहाँले प्रजातन्त्रको रक्षा काँग्रेसले मात्र गर्न सक्ने भन्दै कम्युनिष्ट सरकारले प्रजातन्त्रको कहिले पनि रक्षा गर्न नसक्ने बताउनुभयो।

जनताको आवश्यकता र समस्याप्रति सरकार उदासिन भएको भन्दै अव काँग्रेस सडक र सदनमा कडा रुपमा प्रस्तुत हुने नेता थानिको भनार्इ छ।

कार्यक्रममा पुर्वसंञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले जनताको लोकतान्त्रिक अधिकार माथि सरकारले धावा बोलेको आरोप लगाउनुभयो।

उहाँले सरकार अधिनायकवाद तर्फ अघि वढ्दै गए कांग्रेस चुप लागेर नवस्ने चेतावनी दिनुभयो।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालीका प्रमुख एवम नगर सभापती देवकुमार सुबेदीले, महिला संघका अध्यक्ष पार्वती गीरी,लगायतले सरकारले सरकारले दुई तिहाइको आडमा सरकार निरंकुश ढंगले अघि बढेको बताउनुभयो।

कार्यक्रम नेपाली काग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको हो।

Share.

About Author

Leave A Reply