नेपाली क्रिकेटर संन्दिप लामीछाने र कुशल मल्ल २० वर्ष मुनिको उत्कृष्ट खेलाडीको सूचिमा पर्न सफल ।

0

नेपाली किक्रेटर सन्दीप लामीछाने र कुशल मल्ल २० वर्षमुनिका उत्कृष्ट खेलाडीको सूचीमा पर्नुभएको छ।

संयुक्त अरब इमिरेट्स बाट प्रकाशित हुने पत्रिका ‘द नेशनलले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट दुई जना खेलाडी परेका छन।

पत्रिकाले सार्वजनिक गरेको २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा नेपालका लेग स्पिनर लामिछाने र अलराउण्डर  मल्ल पर्नुभएको हो।

यो सूचीमा टेस्ट मान्यता प्राप्त देशका खेलाडीको बाहुल्यता रहेको छ।

यस्तै एसोसिएट क्रिकेटबाट यो सूचीमा पर्ने खेलाडीमा यूएई र स्कटल्यान्डका एक–एक जना समावेश छन।

पत्रिकाले यो सूचीमा भारतबाट धेरै खेलाडी परेको जनाएको छ भने पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इण्डिज, अफगानिस्तान, बङ्गलादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन।

द नेशनलले यो सूची उमेर समूहमा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनको आधारमा तयार गरेको हो।

यसमा प्रायः सबै खेलाडी १९ वर्षको हाराहारीमा रहेका छन।

 

 

 

Share.

About Author

Leave A Reply