नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान।

0

चैत २४-।१९ वर्षमुनीको विश्वकपकालागि छनोट हुने लक्ष्यका साथ नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान गरेको छ । राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई यसपटक बलियो मानिएको छ ।पौडेलले आफ्नोलागि सन् २०२० को युवा विश्वकप खेल्ने, ठुलो अवसर भएको बताउनु भयो।भारतमा १५ दिन अभ्यास गरेको नेपालले खेलेको ६ मध्ये चार खेल जितेको थियो । कप्तान रोहितकुमारसँगै सन्दीप जोरा, भीम सार्की, कुशल मल्ल, पवन आसिफ शेख, कमल सिंह ऐरीसँगै पवन सरार्फ, रासिद खान लगायतका अनुहार पनि छन् । यो पटक बलियो प्रतिद्वन्दी अफगानिस्तान छनोट खेलमा नभएकाले पनि नेपाल संभावना रहेको छ ।आईसीसीको पूर्ण सदस्य राष्ट्र भएकाले अफगानिस्तानले सिधै विश्वकप खेल्नेछ ।नेपालले पहिलो खेल सिंगापुरविरुद्ध १२ अप्रिलमा खेल्नेछ भने त्यसपछि यूएई, मलेसिया, ओमान र कुवेतसँग खेल्नेछ । समूह चरणको शीर्ष टोली विश्वकपमा पुग्नेछ ।

Share.

About Author

Leave A Reply