.नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिफा वरियतामा १ स्थान तल ।

0

साउन-१०।.नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिफा वरियतामा १ स्थान तल झरेको छ।

विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल १ स्थान तल झर्दै १ सय ६६ औँ स्थानमा पुगेको छ।

दक्षिण एशियाली मुलुक भारत पनि २ स्थान तल झर्दै १ सय ३ औँ, मालदिभ्स १ सय ५२ औं र श्रीलङका २ सयौँ स्थानमा छ ।

वरियताको शिर्ष स्थानमा वेल्जियम यथावत छ भने ब्राजित १ स्थान सुधार गर्दै दोस्रो र फ्रान्स १ स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ।

इङल्याण्ड चौथो स्थानमा कायम रहँदा उरुग्वे ३ स्थान सुधार गर्दै पाँचौ स्थानमा आएको छ ।

Share.

About Author

Leave A Reply