नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने।

0

असाेज १६-सु्र्खेत।नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ ।

नेपाली सेनाले काठमाण्डौमा पत्रकार सम्मेलन गरी चीनको युहान प्रान्तमा आउँदो कात्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा सहगागी हुन लागेको जनाएको छ।

अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्को आयोजनामा यो वर्ष विश्व सैन्य खेलकुद प्रतियोगिता चीनमा हुन लागेको हो ।

महासेनानी शशिकिरण रायमाझीले प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच भलिबल लगाएत १३ वटा खेलमा भाग लिने बताउनु भयो ।

२५ वटा खेल र दुई वटा प्रर्दशन हुने यो प्रतियोगितामा नेपाल सहित एकसय ५ राष्ट्रका १० हजार सात सय १९ जना खेलाडीहरु सहभागी हुने उहाँको भनार्इ छ ।

Share.

About Author

Leave A Reply