नेपाल एयरलाइन्सले सुर्खेत–काठमाडौं हवाई उडान सुरु गर्यो।

0

चैत–२६सुर्खेत।राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइनसले आजदेखि सुर्खेत–काठमाडौं हवाई उडान सुरु गरेको छ।पाल एयरलार्इनसको विमान क्याप्टेन निपेन्द्र भटराई र को-पाईलट सिर्जना रावतले आज पहिलो उडान काठमान्डौबाट सुर्खेत गराउनु भएको हो।को-पार्इलट रावतले काठमाण्डौ देखि सुर्खेतसम्म जहाज अबतरणमा कुनै समस्या नरहेको भन्दै १ घण्टा ५ मिनेटमा बीरेन्द्रनगर उत्रेको  जानकारी दिनुभयो।  नेपाल एयरलाइनसले अबदेखी हरेक हप्ताको आईतवार सुर्खेत–काठमाडौं सिधा हवाई सेवा संञ्चालन गर्ने जनाएको छ।गत शुक्रबार सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको एयरलाइन्सले अबदेखी हप्तामा एकपटक उडान गर्ने जनाएको छ।सुर्खेतदेखी काठमाडौं ७ हजार ४ सय र काठमाण्डौ बाट सुर्खेत ७ हजार ५ सय भाडादर कायम गरेको एयरलाइन्स सुर्खेतका स्टेशन म्यानेजर चेतन तिमिल्सेनाले जानकारी दिनुभयो।नेपाल एयरलार्इन्सले अहिले डबल इन्जिनको १८ सीटे जहाज संचालनमा ल्याएको छ।सुर्खेत–काठमाडौं हवाई सेवा सञ्चालन आएसँगै अब विमान चढ्न नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ।यस्तै बुद्ध एयरले आगामी वैशाख १ गतेबाट सुर्खेत–काठमाडौं नियमित उडान गर्ने तयारी गरेको  छ।४७ सीटे विमानको उडान परिक्षण गरिसकेको बुद्ध एअरले ६ हजारको हाराहरीमा भाडादर तोक्ने जनाएको छ ।

 

 

Share.

About Author

Leave A Reply