नेपाल क्रिकेट संघक्यानले राष्ट्रिय टिमका खेलाडीलाई तलब पठाउन सुरु गर्यो।

0

भदौ २२, नेपाल क्रिकेट संघक्यान ले राष्ट्रिय टिमका खेलाडीलाई तलब पठाउन सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले आजबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको बताउनु भयो ।

खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी रकम पाउने समेत सिंहले बताउनु भएको छ । क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार बढी पठाउन आईसीसी सहमत भएको हो ।

राष्ट्रिय टिमका खेलाडीले तीन श्रेणी अनुसार तलब पाउने गरेका छन् ।

‘ए’ श्रेणीको खेलाडीले मासिक ३५ हजार, ‘बी’ श्रेणीको खेलाडीले २५ हजार र ‘सी’ श्रेणीको खेलाडीले मासिक १५ हजार पाउँदै आएका थिए ।

अब खेलाडीले यो रकम भन्दा १० हजार बढी पाउने छन् ।

खेलाडीले अब एकमुष्ट एक वर्षको तलब पाउँदा ‘ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले ४ लाख २० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाउनेछन्।

Share.

About Author

Leave A Reply