नेपाल र भारतका प्रधानमन्त्रीद्वारा अरुण तेस्रोको शिलान्यास।

0

वैशाख؄–२९।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले होटल द्वारिकाजमा संयुक्त रुपमा स्वीच थिचेर अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली गएको अप्रिलमा भारत भ्रमणमा गएको बेला उतैबाट शिलान्यास गर्ने भनिए पनि प्राविधिक कारण बताउँदै शिलान्यासको मिति पर सारिएको थियो।२२५ मेगावाटका चारवटा प्लाण्टबाट ९०० मेगावाट बिजुली उत्पादन गर्ने योजना अनुरुप अरुण तेस्रो जलविद्युत आयोजना संखुवासभामा निर्माण हुनेछ।आयोजना भारत सरकार अन्तरगतको सतलज जलविद्युत निगमले बनाउनेछ।यो आयोजना पाँच वर्षभित्रमा कार्यान्वयनमा आइसक्ने बताइएको छ। कूल ९ सय मेगावाट क्षमताको आयोजनाबाट २१ दशमलव ९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट विद्युत निःशुल्क रुपमा नेपाल सरकारले प्राप्त गर्नेछ।

Share.

About Author

Leave A Reply