नौ राजनिक दलले संयुक्त विरोध गरे।

0

माघ-२५ सुर्खेत।राष्ट्रिय स्वाधिनताका विषयमा नौ राजनिक दलले संयुक्त विरोध कार्यक्रम सम्पन्न भएको छ।

सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रमको आयोजना गरेर विरोध गरेका छन।

भारतले नेपालको भुमि आफ्नो राजनितिक नक्सामा समाबेश गरेपछि त्यसको विरोध भर्इरहेको बेला सुर्खेतमा पनि विभिन्न राजनितिकदहरुले बिरोध जनाएका छन।

उनिहरुले लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालकै भुमिभएको भन्दै सरकारले कुट्निक माध्यमबाट समस्याको समाधान गर्नुपर्ने बताएका छन।

कर्णाली सहित राष्ट्रिय स्वाधिनता जोगाउ भन्दै दलहरुले सातै प्रदेशमा बिरोध प्रर्दशन गरेका हुन।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रामसिहँ श्रीसले नेपालको भुमि फर्ता गराउनको लागी सबै राजनितिक दलहरु एकजुट हुनुपर्ने बताउनुभयो।

उहाँले आन्दोलन गर्नुको उद्देश्य नै नेपाली भुमी फिर्ता गराउन भएको भन्दै सरकारले विषेश पहल थाल्नुपर्नेमा जोडदिनुभयो। उहाँले अमेरीकी एमसिसिको सम्झैता पनि खारेज गर्नुपर्ने भन्दै यो नेपालको हितमा नभएको उल्लेख गर्नुभयो।

कार्यक्रममा क्रन्तिकारी माओवादीका पोलिटब्युरो सदस्य चक्रपाणी शर्मा, नेकपा मसालका मोहन थापा लगायत विभिन्न दलका नेताहरुले आफ्नो भनार्इ राखेका छन।

Share.

About Author

Leave A Reply