पछिल्लो तीन महिनामा प्राकृतिक बिपदमा ३ सय १८ जनाले ज्यान गयो .

0

असार   २६ सुर्खेत, पछिल्लो तीन महिनामा मुलुकका बिभिन्न स्थानमा भएका प्राकृतिक बिपदमा ३ सय १८ जनाले ज्यान गुमाएका गृहमन्त्रालयले पुष्टी गरेको छ

मन्त्रालयले  गत बैशाखदेखि भएका प्राकृतिक बिपदका १ हजार १ सय ३ घटनामा परी  ५७ जना बेपत्ता र २ हजार १ सय ४२ जना घाईते भएका जनाएको छ ।

यो अवधिमा सबैभन्दा बढि दाङमा ४७ वटा घटना भएका छन् भने बर्दिया, महोत्तरी, मोरङ लगायतका जिल्लामा पनि प्राकृतिक बिपदका घटना बढि भएका छन्

पोहरको तुलनामा यो वर्षको ३ महिनामा प्राकृतिक बिपदका घटनामा बढेको भन्दै मन्त्रालयले ६७ करोड, ८३ लाख रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको जनाएको छ ।

 

 

Share.

About Author

Leave A Reply