पत्रकार गेलाङको मृत्युमा टिप्पर चालक दोषी ।

0

माघ-२३ सुर्खेत।जिल्ला अदालत सुर्खेतले पत्रकार नन्दबहादुर गेलाङको मृत्युमा टिप्पर चालकलाई दोषी ठहर गरेको छ।

गत जेठ २९ गते सुर्खेतको भेरीगंगा नगरपालिका-८ लोदेमा टिप्परले पत्रकार गेलाङ सवार मोटरसाइकललाई ठक्कर दिँदा उहांको घटनास्थलमै मृत्यु भएको थियो।

जिल्ला अदालत सुर्खेतका जिल्ला न्यायाधीश प्रलादकुमार योगीको एकल इजलासले टिप्पर चालक धादिङ ठाम्रे-६ का ३६ वर्षीय सन्तबहादुर राईको लापरवाहीका कारण दुर्घटनामा गेलाङको मृत्यु भएको कसुर ठहर गरेको हो।

कसुर ठहरपश्चात अब ३० दिनभित्र इजलास प्रक्रिया हुने र उक्त इजलासबाट कसुर ठहरिएका राईलाई सजाय तोकिने जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार भूपाल भण्डारीले जानकारी दिए।

उक्त कसुरअन्तर्गत तीनदेखि १० वर्षसम्मको कैद सजाय तथा ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

गत जेठमा छिन्चुबाट मेहलकुना जाँदै गरेका गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो।

Share.

About Author

Leave A Reply