पदको संख्यामा एकरुपता ल्याउन काँग्रेसका नेता तथा कार्यकर्ताको सुझाब

0

सुर्खेत १० असोज ।  नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले पार्टी विधान तयार पर्दा पदको संख्यामा एकरुपता ल्याउन पर्ने सुझाब दिएका छन।विधान संशोधन सम्बन्धी कर्णाली प्रदेश स्तरीय दुर्इ दिने सुझाव संकलन कार्यक्रममा उनिहरुले यस्तो सुझाँब दिएका हुन।समापन कार्यक्रममा मस्यौदा समितिका संयोजक मानबहादुर बिश्वकर्माले नेता तथा कार्यकर्ताले दिएको सुझाँबहरु जस्ताको तस्तै मस्यौदा समितिमा पेश गरिने बताउनु भयो।
उहाँले पदको संरचना जिल्ला,प्रदेश र केन्द्रमा एकरुपता हुनुपर्ने माग आएको भन्दै नमुना पदाधिकारी हुनुपर्ने सुझाँब आएको बताउनु भयो। बार्इट १पाटी सभापति पदलार्इ सिस्टमा लग्नुपर्ने, समाबेशी, समान सहभागीता, भुगोलको प्रतिनिधित्व हुनुपर्ने लगायतका सुझाँब समेटिएको छ।उहाँले सुझाँब संकलनमा अनुशासन कमिटि गठन गर्नुपर्ने,टिकट वितरणमा जिल्ला, प्रदेश र केन्द्रको अधिकार बाड्फाड गर्नुपर्ने सुझाँब आएको बताउनु भयो। बार्इट २
यस्तै मस्यौदा समितिका सदस्य प्रदिप पौडेलले प्रदेश समितिलार्इ बलियो बनाएर प्रदेशलार्इ टिकट वितरण लगायत प्रदेशमातहको अधिकार दिने सुझाँब आएको बताउनु भयो।बार्इट ३
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता पौडेलले फरक प्रशंगमा शक्तिशाली सरकारले निराशजनक काम गरेको आरोप लगाउनु भयो।उहाँले निर्मला पन्तको हत्या भएको दुर्इ महिना बितिसक्दा पनि हत्तारा पत्ता लगाउन नसकेको भन्दै अहिलेको सरकार जनतालार्इ शान्ति सुरक्षा दिन नसकेको उल्लेख गर्नुभयो। दुर्इदिनेसम्म चलेको भेलमा कर्णालीका १० जिल्लाका सभापतिहरू, क्षेत्रीय सभापतिहरू, भ्रातृसंगठनका प्रमुखहरू तथा जनप्रतिनिधिहरू,महासमिति सदस्य र निर्वाचन प्रतिनिधिहरू सहभागीता रहेको थियो।
विधान परिमार्जनकालागि संकलन गरिएको सुझाव मंसिर पहिलो साता बस्ने महासमिति बैठकमा पेश गर्ने र यहि बैठकले विधानलाई अन्तीम रुप दिने जनार्इएको छ।

Share.

About Author

Leave A Reply