परिवार नियोजन संघ सुर्खेत शाखामा डाक्टर नहुदा सेवा प्रभावित।

0

साउन–२७ सुर्खेत।नेपाल परिवार नियोजन संघ सुर्खेत शाखामा अहिले सेवाग्राहीको संख्या बढेपनि डाक्टर नहुदा समस्या भएको कार्यालयले जनाएको छ।१८ औ अन्र्तराष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा पत्रकारहरुसंग अन्र्तक्रियामा शाखा प्रबन्धक शेखर धमलाले डाक्टर नहुदा सेवा प्रभावित भएको बताउँनु भयो।उहाँले सन २०१७ को ६ महिनामा झण्डै ३ हजार नागरिकले सेवा लिएका समेत बताउनु भयो।६ महिनाको तथ्याङक अनुसार २८ सय ३१ जनाले ९ हजार ९ सय ५२ वटा सेवा लिएको उहाँको भनार्इ छ।सन २०१६ मा सुर्खेत शाखावाट ४१ सय जनाले सेवा लिएपनि यो बर्ष अहिले सम्मको तथ्याङक हेर्दा बृद्धि हुने बताउँनु भयो।शाखाले कण्डम,पिल्स ,डिपो, ईम्प्लान्ट,आईयुसिडी र सुरक्षित गर्भपतन लगायतका सेवाहरु दिदै आएको छ।शाखाले पाठेघरको मुखको परिक्षण,सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य सेवा,यौनरोगको परिक्षण तथा उपचार लगायतका सेवाहरु पनि प्रदान गरीरहेको छ।कार्यक्रममा शाखा सुर्खेतका युवा उपसमिती संयोजक सिता चपाई,सचिव प्रतापजंग थापा,सिनीयर स्टाफ नर्स गंगा पुन,पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष श्रीधर पौड्याल लगायतले आफनो भनाई राख्नु भएको छ।नेपाल परिवार नियोजन संघको स्थापना बिक्रम संम्बत २०१६ सालमा भएको थियो भने सुर्खेत शाखाको स्थापना २०३५ सालमा भएको हो।

Share.

About Author

Leave A Reply