पर्यटकिय क्षेत्रको संरक्षण गर्न प्रदेस सरकारले ठोस योजना ल्याउने

0

चैत–१६सुर्खेत।कर्णाली प्रदेश राजधानी बीरेन्द्रनगरमा रहेको पर्यटकिय स्थल बुलबुले ताल र उद्यानको सरसफाई गरिएको छ।हातमा कुचो, बेल्चा तथा अन्य औजार सहित कर्णाली प्रदेशका मुख्यमन्त्री मन्त्रीको टोलीले बुलबुले ताल र बगैंचाको सफाई गरेको हो।मुख्यमन्त्री शाहीले कसैले कल्पना गर्न नसकेको सुर्खेत निर्माण गरेर सबैको ध्यान कर्णाली प्रदेश तर्फ आकर्षिक गर्ने बताउनु भयो ।उहाँले सुर्खेतलार्इ नयाँ मोडेलको रुपमा सहरिकरण गर्ने सरकारको योजना रहेको भन्दै यहाँका पर्यटिकिय स्थल बुलबुले ताल र काँक्रबिहार संरक्षण गर्न सरकारले ठोस योजना ल्याउने बताउनु भयो। मुख्यमन्त्री शाहीले यो प्रदेशलार्इ समृद्घ बनाउन श्रम र पाखुराको आबश्यकता रहेकाले सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोडदिनुभयो।उहाँले सरकारले कर्णाली प्रदेश पर्यटकिय क्षेत्रको लागी महत्वपुर्ण निर्णय गरेको भन्दै २०७५ साललार्इ पर्यटनबर्ष मनाउन लागेको बताउनुभयो।कार्यक्रममा पर्यटन मन्त्री नन्दसिंह बुढाले वुलवुले तालको संरक्षण र सम्वृद्धनकोलागी मन्त्रालयले योजना बनाएर काम थाल्ने बताउनु भयो।उहाँले एकदिन सरसफार्इ गरेरमात्र सरसफार्इले पुर्णता नपाउने भन्दै यस्तो अभियानलार्इ निरन्तरता दिन सुझाँब दिनुभयो।कार्यक्रममा सुर्खेत उपत्यका विकास समितिका अध्यक्ष नारायण कोर्इरालाले बुलबुलेको गुरुयोजना अन्तिम चरणमा पुगेको भन्दै कम्पाउनड निर्माणको काम पनि हुने बताउनुभयो।उहाँले बुलबुले प्रर्यटकिय क्षेत्रमात्र नभर कलासांस्कृतिको केन्द्र समेत भएको भन्दै यसको संरक्षमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिनु भयो।सरसफाई कार्यक्रममा मुख्यमन्त्री सामाजिक विकास मन्त्री दल रावल, कृषि, भुमिसुधार मन्त्री विमला केसी, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, भौतिक पुर्वाधार मन्त्री खड्कसिंह खत्रीलगायतको सहभागिता रहेको छ। हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउने मन्त्रिपरिषद्को निर्णयअनुसार कर्णाली प्रदेश सरकारले आज मानसरोवरको मूलद्वारका रुपमा चिनिने बुलबुले बुलबुले ताल तथा उद्यानको सरसफाइ गरेको हो ।

Share.

About Author

Leave A Reply